बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समाजवादी पार्टीका नेता यादव पक्राउ परेका हुन् कि आफैँले सुरक्षा मागेका ? पार्टी भन्छ– अपहरण

समाजवादी पार्टीका नेता यादव पक्राउ परेका हुन् कि आफैँले सुरक्षा मागेका ? पार्टी भन्छ– अपहरण

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरणका लागि काठमाडौंमा वार्ता भइरहँदा समाजवादी पार्टीका एक नेता भने जनकपुरमा पक्राउ परेको खबर आएको छ। पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डा. सुरेन्द्र यादव पक्राउ परेका हुन्।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरणका लागि काठमाडौंमा वार्ता भइरहँदा समाजवादी पार्टीका एक नेता भने जनकपुरमा पक्राउ परेको खबर आएको छ। पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डा. सुरेन्द्र यादव पक्राउ परेका हुन्।

प्रदेश २ का आन्तरिक मामिला मन्त्री एवं समाजवादी पार्टीका प्रदेश सचिव ज्ञानेन्द्र यादवले भने डा. यादव अपहरणमा परेको जानकारी पाएको बताएका छन्। यादवसँग सम्पर्क गर्ने प्रयास भइरहेको उनले बताए।

समाजवादी पार्टीका सञ्चार विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विश्वदिप पाण्डेले यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले अपहरण गरेको आरोप लगाएका छन्।

‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ,’ उनले ट्विटरमा लेखेका छन्।

उता, यादवका भन्जा राजेश यादवले आफ्नो मामाको अपहरण नभएको प्रतिक्रिया दिएका छन्। यादव घरमै रहेको राजेशले बताए।

अर्को एक स्रोतले भने यादव आफैंले प्रहरी प्रशासनसँग सुरक्षा मागेकोले सुरक्षा दिइएको बताएको छ। यादव पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए। उपेन्द्र यादव स्वास्थ्यमन्त्री छँदा सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री थिए। मेडिकल एवं मिडिया व्यवसायीसमेत रहेका डा. यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।

 

 

प्रकाशित: Apr 22, 2020| 21:02 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।