बिहीबार, भदौ ४, २०८३

राहतमा ढिलाइ हुँदा पर्सामा झडप

राहतको वितरणमा ढिलाइ भएपछि पर्साको जिराभवानी गाउँपालिकामा बुधबार सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

वीरगन्ज- राहतको वितरणमा ढिलाइ भएपछि पर्साको जिराभवानी गाउँपालिकामा बुधबार सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ।

राहत वितरणमा ढिला भएको आक्रोशमा सेढवास्थित गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका करिब तीन सयको संख्यामा दलित, विपन्नहरुको भीड हटाउन सशस्त्र प्रहरीले लाठी चार्ज गरेपछि झडप भएको बताइएको छ।

झडपमा एकजना सञ्चारकर्मीसहित ८ जना घाइते भएका छन्। स्थानीयले प्रहार गरेको ढुंगा लागेर नारायणी एमफमका संवाददाता कृष्णमोहन साह घाइते भएका हुन् ।

लकडाउन लागू भएको एक महिना बितिसक्दा पनि जिराभवानी गाउँपालिकाले प्रभावित परिवारलाई राहत वितरण नगरेपछि आक्रोशित स्थानीय गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए। स्थानीयले ढुंगामुढा गर्न थालेपछि सशस्त्र प्रहरीले रोक्न खोजेको थियो। त्यस क्रममा सामान्य झडप भएको गाउँपालिका उपाध्यक्ष उषादेवी थरुनीले बताइन्।

लकडाउनले प्रभावित परिवारलाई राहत वितरण गर्न प्रदेश सरकारले गाउँपालिकालाई १० लाख रुपैयाँ पठाइसकेको छ भने दोस्रो चरणको राहतसमेत घोषणा गरिसकेको छ ।

प्रकाशित: Apr 22, 2020| 20:45 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।