बिहीबार, भदौ ४, २०८३

राजपा–समाजवादी एकीकरणका लागि वार्ता जारी

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरणका लागि काठमाडौंमा वार्ता जारी छ। एकीकरणका लागि लामो समयदेखि चल्दै आएको वार्तालाई निष्कर्षमा पुर्याउन दुवै पार्टीका शीर्ष नेताहरु जुटेका हुन्।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरणका लागि काठमाडौंमा वार्ता जारी छ। एकीकरणका लागि लामो समयदेखि चल्दै आएको वार्तालाई निष्कर्षमा पुर्याउन दुवै पार्टीका शीर्ष नेताहरु जुटेका हुन्।

राजपा र समाजवादीका केही नेताहरुले पार्टी विभाजन गर्न लागेको खबर पाएपछि दुवै दलका शीर्ष नेताहरुले एकीकरण घोषणा गर्न छलफललाई तीव्र पारेको बुझिएको छ।

स्रोतका अनुसार आज अबेर रातिसम्म हुने छलफलले एकीकरणबारे ठोस निर्णय गर्न सक्नेछ।

छलफलमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारी तथा समाजवादीको तर्फबाट अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई तथा नेताहरु अशोक राई र राजेन्द्र श्रेष्ठ‌ सहभागी भएको स्रोतले बताएको छ।

प्रकाशित: Apr 22, 2020| 20:37 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।