सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ : एकीकृत समाजवादीमा सनाखत गरेका १० सांसदलाई निर्वाचन आयोगको मान्यता

प्रदेश १ : एकीकृत समाजवादीमा सनाखत गरेका १० सांसदलाई निर्वाचन आयोगको मान्यता

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका १० जना प्रदेशसभा सदस्यलाई निर्वाचन आयोगले शुक्रबार मान्यता दिएको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

विराटनगर– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका १० जना प्रदेशसभा सदस्यलाई निर्वाचन आयोगले शुक्रबार मान्यता दिएको छ। 

National life

एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दोस्रो संशोधन अध्यादेश, २०७८ को दफा ३३ को उपदफा २ (क) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ दोस्रो संशोधन २०७८ को नियम ५ र नियम ७ (क) बमोजिम मान्यता दिइएको हो। 

प्रदेश १ प्रदेशसभा सदस्यहरु राजन राई, खिनु लङ्वा लिम्बू, पदम कुमारी गुरुङ, गणेशबहादुर काम्वाङ, सुनिताकुमारी चौधरी, साबित्राकुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्रप्रसाद घिमिरे र राजेन्द्रकुमार राई नेकपा एकीकृत समाजवादी पार्टीका सांसदका रुपमा कायम भएको निर्वाचन आयोगले जनाएको छ। 

सांसदको सनाखत सदर भएपछि प्रदेश १ मा नयाँ सरकार निर्माणको बाटो खुलेको छ। प्रदेशसभामा अब एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३, सयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद भएका छन् ।

प्रकाशित: Sep 10, 2021| 17:14 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।