काठमाडौं- नेपालमा कोरोना भाइरसबाट संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ जनाको पाटन अस्पतालमा, १ जनाको बागलुङ अस्पतालमा र २ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
यस्तै ४ जनाको वीरगन्ज स्थित नारायणी अस्पतालमा, २ जनाको भरतपुर अस्पतालमा र २४ जनाको कोरोना विशेष अस्पताल विराटनगरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
बुधबार भेटिएका तीन संक्रमितलाई पनि कोसी अस्पतालमै उपचारका लागि भर्ना गर्ने तयारी रहेको देवकोटाले बताए।