काभ्रे- काभ्रेमा १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका–१० थापागाउँका बस्ने मण्डनदेउपुर नगरपालिका–८ घर भएका १९ वर्षीय सविन गौतम, बनेपा नगरपालिका–१० मा डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ का १९ वर्षीय सविन दुलाल र पनौती नगरपालिका–५ सुन्दरबस्तीका १८ वर्षीय सन्देश थापा रहेका छन्।
उनीहरुले गत २०७६ असोज १३ गते किशोरीलाई बा.५ च ३८४९ नम्बरको बलेरो गाडीमा राखेर बनेपास्थित काभ्रे क्याम्पसमाथिको जंगलमा लागि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
त्यसलगत्तै फरार रहेका उनीहरुलाई घरबाटै बुधबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ।
बलेरो गाडी भने प्रहरी सोही दिन नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।