बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उदयपुरको नुरी मस्जिदका सबै १६ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरको नुरी मस्जिदका सबै १६ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित नुरी मस्जिदमा बस्ने सबै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित नुरी मस्जिदमा बस्ने सबै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसअघिको परीक्षणमा कोरोना नदेखिएपछि मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएका तीन जनामा पनि बुधबार कोरोना पुष्टि भएको हो।

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणको क्रममा बुधबार भारतका २४ वर्षीय नागरिक तथा विराटनगर १७ का ६० वर्ष र ७२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो।

संक्रमित पहिचान भएकालाई विराटनगर अस्पतालमा ल्याउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि गत शुक्रबार सो मस्जिलमा बस्दै आएका १ नेपाली र ११ भारतीयमा कोरोना पुष्टि भएको थियो। मस्जिदमा ४ नेपाली र १२ भारतीय बस्दै आएकोमा सो दिन ४ जनामा कोरोना नदेखिएपछि टाँडी स्थित क्वारेन्टाइनमा लगिएको थियो।

उनीहरुको थप परीक्षण गर्दा शनिबार अर्का व्यक्तिमा कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको छ।

क्वारेन्टाइनमा बसेकाहरुको अर्को पटक परीक्षण गर्दा बुधबार सबैमा कोरोना पुष्टि भएको हो। मस्जिदमा बस्ने चार नेपाली विराटनगर १७ घर भएका हुन्। उनीहरु सबै संक्रमित भएका छन्।

भुल्केको मस्जिदका १२ जनामा कोरोना देखिएपछि बस्तीमा गरिएको परीक्षणमा मंगलबार थप ११ जनामा संक्रमण देखिएको थियो। योसँगै उदयपुरमा संक्रमितको संख्या २७ पुगेको छ।

देशभर काेराेना संक्रमितकाे संख्या ४५ पुगेकाे छ। जसमध्ये ७ जना निकाे भएर घर फर्किएका छन्।

प्रकाशित: Apr 22, 2020| 17:19 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।