शनिबार, भदौ ६, २०८३

ओलीले दिए मोदीलाई धन्यवाद

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको उपचारका लागि अत्यावश्यक औषधि उपलब्ध गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको उपचारका लागि अत्यावश्यक औषधि उपलब्ध गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।

ओलीले केही बेरअघि ट्विट गरी मोदीलाई धन्यवाद दिएका हुन्। भारतले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेको छ। 

भारत सरकारका तर्फबाट राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३ टन औषधि हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका औषधिमा पारासिटामोलको ३.२ लाख डोज र हाइड्रोक्सिक्लोरिक्विनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज रहेकाे भारतीय दूतावासले जनाएकाे छ।

प्रकाशित: Apr 22, 2020| 16:53 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।