बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान

प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आह्वान गरेको छ । असार ९ गते प्रज्ञा–प्र्रतिष्ठानको ६३ औँ वार्षिक उत्सवका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिने राष्ट्रिय कविता महोत्सवका लागि सूचना जारी गरी प्रज्ञा–प्रतिष्ठानले कविता आव्हान गरेको हो ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आह्वान गरेको छ । असार ९ गते प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिक उत्सवका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिने राष्ट्रिय कविता महोत्सवका लागि सूचना जारी गरी प्रज्ञा–प्रतिष्ठानले कविता आव्हान गरेको हो ।

प्रज्ञा–प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार इच्छुक कविहरूले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता जेठ २५ गतेभित्र बुझाउन सक्नेछन् ।

सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले महोत्सवका लागि बुझाइने कविता पूर्णतः मौलिक हुनुपर्ने र महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यममा प्रकाशन एवम् प्रसारण गर्न नपाइने बताए । उनले कविताका साथमा कविले आफ्नो फोटो, पूरा ठेगाना, फोन वा मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने जानकारी गराए ।

काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलका अनुसार कविता महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदकसहित नगद रु. ३० हजार, द्वितीय हुनेलाई रजत पदकसहित नगद रु. २५ हजार र तृतीय हुने तीन जनालाई जनही काँस्यपदकसहित नगद रु. २० हजारका दरले सम्मानपत्रसहित पुरस्कार प्रदान गरिनेछ । वि.सं. २०२२ सालबाट राष्ट्रिय कविता महोत्सव आरम्भ भएको हो ।

प्रकाशित: Apr 22, 2020| 16:28 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।