काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ।
बुधबार थप तीन जनाको पीसीआर परीक्षण रिपाेर्ट पोजेटिभ देखिएपछि कोरोना भाइरस संक्रमितकाे संख्या ४५ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो। हाल उनीहरु क्वारेन्टाइनमा रहेको र अस्पताल ल्याउने कार्य भइरहेको प्रवक्ता देवकोटाले बताए।
नयाँ संक्रमितमा २४, ६० र ७२ वर्षीय पुरुष छन्। थपिएका तीनजना पनि उदयपुरकाे भुल्केकै रहेकाे अस्पताल स्राेतले जनाएकाे छ।
४५ संक्रमितमध्ये बुधबारसम्म ७ जना निको भएर घर फर्किएका छन् भने ३५ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।