बिहीबार, भदौ ४, २०८३

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि घर फर्किए

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित कञ्चनपुरका ४१ वर्षीय एक पुरुष पनि अस्पतालबाट डिस्चार्ज भएका छन्।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

धनगढी- सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित कञ्चनपुरका ४१ वर्षीय एक पुरुष पनि अस्पतालबाट डिस्चार्ज भएका छन्।

सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष बुधबार डिस्चार्ज भएका हुन्। अस्पतालका अनुसार उनको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो।

उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो। भारतको उत्तराखण्डबाट आएका ति पुरुष गाउँमा आएर क्वारेन्टाइनमा बसेका थिए। उनमा कोरोना पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतलको आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय संक्रमित युवकलाई सञ्चो भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ।

हाल धनगढी उप–महानगरपालिका–५ की ३४ वर्षीया महिला र लम्की चुहा नगरपालिका–१ कि ६५ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

अन्य केही शंकास्पद बिरामीको समेत उपचार भइरहेको अस्पतालले जनाएको छ।

योसँगै संक्रमणपछि उपचार गरेर निको हुनेको संख्या ७ पुगेको छ।

प्रकाशित: Apr 22, 2020| 16:27 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।