काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले बुधबार संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग प्रदेशगत रुपमा छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा बुधबार सुदूरपश्चिम प्रदेशका सांसद्हरु सहभागी थिए। यसपछि क्रमशः प्रदेश नं १ र बागमती प्रदेश हुँदै सबै प्रदेशका सांसद्सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
छलफलमा हालै जारी भएका दुई अध्यादेश, कोरोना भाइरसविरूद्ध जारी लकडाउन र आगामी कार्यभार लगायतका विषयमा सांसदलाई स्पष्ट पारिने जनाइएको छ।
ती विषयमा पार्टीभित्रै विभिन्न मतहरु व्यक्त भइरहेका बेला नेतृत्वबाट यस प्रकारको छलफल आयोजना भएको हो। -रासस