शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना आशंका गरिएका कारागारका नर्सको रिपोर्ट नेगेटिभ, धादिङका युवा पनि संक्रमण मुक्त

कोरोना आशंका गरिएका कारागारका नर्सको रिपोर्ट नेगेटिभ, धादिङका युवा पनि संक्रमण मुक्त

कोरोना भाइरसको आशंका गरिएका केन्द्रीय कारागार त्रिपुरेश्वरका दुई जना नर्सको रिपोर्ट नेगेटिभ आएको छ । द्रुत परीक्षण (आरडीटी)मा एन्टीबडी देखिएपछि उनीहरुलाई सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

कोरोना भाइरसको आशंका गरिएका केन्द्रीय कारागार त्रिपुरेश्वरका दुई जना नर्सको रिपोर्ट नेगेटिभ आएको छ । द्रुत परीक्षण (आरडीटी)मा एन्टीबडी देखिएपछि उनीहरुलाई सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिए ।
कारागार अस्पतालमा गत सोमबार ४० जनामा गरिएको आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई सोमबार टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

साथै धादिङका कोरोना संक्रमित युवा पनि निको भएका छन् । उनी कोरोना संक्रमणमुक्त भइसकेको र परिवारका सदस्य आएपछि डिस्चार्ज गरिने भण्डारीले बताए ।

युएईबाट आएका ती युवामा कोरोना भाइरस देखिएपछि १२ चैतमा टेकु अस्पताल भर्ना गरिएको थियो । अहिलेसम्म उनीसहित ६ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

प्रकाशित: Apr 22, 2020| 14:51 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।