बिहीबार, भदौ ४, २०८३

खानेपानीको विवादमा जाजरकोटमा वडाध्यक्ष कुटिए

खानेपानीको लाइन विस्तार गर्ने विषयमा विवाद हुँदा जाजरकोटमा एक वडाध्यक्ष कुटिएका छन्। जुनिचाँदे गाउँपालिका–२ का वडाअध्यक्ष ५२ वर्षीय रामबहादुर नेपालीमाथि मंगलबार राति स्थानीय एक समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

खानेपानीको लाइन विस्तार गर्ने विषयमा विवाद हुँदा जाजरकोटमा एक वडाध्यक्ष कुटिएका छन्। जुनिचाँदे गाउँपालिका–२ का वडाअध्यक्ष ५२ वर्षीय रामबहादुर नेपालीमाथि मंगलबार राति स्थानीय एक समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ।

आफ्नो गाउँमा पानीको व्यवस्था नगरेको भन्दै नेपालीमाथि कुटिपट भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिए।

कुटपिटबाट वडाध्यक्ष नेपालीको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि सुर्खेत पठाउने तयारी भैरहेको श्रेष्ठले जानकारी दिए।

कुटपिटमा संलग्न सात जनाको समूहलाई प्रहरीले पक्राउ गरी सदरमुकाम खलंगा ल्याउँदै गरेको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Apr 22, 2020| 14:38 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।