दोलखा- खुकुरी प्रहार गरी दाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शैलुङ गाउँपालिका–३ गोथ्लेका ५२ वर्षीय रामबहादुर खड्का छन्।
रामबहादुरले ५८ वर्षीय दाजु दुर्गाबहादुर खड्कालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
अंशबण्डाको विषयलाई लिएर रामबहादुरले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका दुर्गाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
इलाका प्रहरी कार्यालय मागापौवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।