बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसका ११ नेताको निष्कर्ष : सरकारले शासन सञ्चालनको वैधता गुमायो

कांग्रेसका ११ नेताको निष्कर्ष : सरकारले शासन सञ्चालनको वैधता गुमायो

नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यले कोरोना भाइरस संक्रमणको महासंकटका बेला अध्यादेश जारी गरेर सरकारले शासन सञ्चालनको वैधता गुमाएको दाबी गरेका छन्।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

काठमाडाैं-  नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यले कोरोना भाइरस संक्रमणको महासंकटका बेला अध्यादेश जारी गरेर सरकारले शासन सञ्चालनको वैधता गुमाएको दाबी गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्य गगन थापासहित ११ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, 'अध्यादेशले प्रधानमन्त्रीको अन्तरनिहित उद्देश्य, नियत र प्राथमिकता पुष्टि भएको छ। यो बदनियतपूर्ण निर्णयसँगै सरकारले शासन सञ्चालनको वैधता गुमाइसकेको छ।’

नेताहरूले अध्यादेशले संविधानको आधारभूत स्तम्भलाई भत्काएको भन्दै आपत्ति जनाएका हुन्। उनीहरुले सबैलाई एकताबद्ध गरी महामारीसँग जुध्नुपर्ने बेलामा अध्यादेश जारी गर्नु कुनै कोणबाट पनि औचित्य पुष्टि हुन नसक्ने दाबी गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘बरु यसबाट सरकार सत्ता राजनीतिको छुद्र खेलमा कतिसम्म लिप्त रहेछ भन्ने स्पष्ट भएको छ।'

संयुक्त विज्ञप्ति जारी गर्ने केन्द्रीय सदस्यहरुमा चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्ना शेरचन, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र सरिता प्रसाइ छन्।

संवैधानिक परिषदसम्बन्धी अध्यादेशले संवैधानिक निकायको स्वायत्ततामाथिको निर्मम प्रहार गरेकाे तथा सन्तुलन र नियन्त्रणविरुद्ध रहेकाे उनीहरूकाे दाबी छ।

यस्तै राजनीतिक दलसम्बन्धी अध्यादेशले संविधान बनाउँदा अत्यन्त सुझवुझका साथ राखिएको राजनीतिक प्रणालीका  प्रावधानहरूलाई भत्काएको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले भनेका छन्, 'यो कुनै दल विशेषको विषय वा कानुन परिमार्जनको विषयमा मात्र सीमित छैन। यसले संविधानले परिकल्पना गरेको सिंगो राजनीतिक व्यवस्थामाथि प्रहार हो।' 

नेताहरूले सरकारको यो कदममा राष्ट्रपतिकाे संलग्नता आश्चर्यजनक र संशयपूर्ण भनी टिप्पणी गरेका छन्।

विज्ञप्तिमा भनिएकाे छ, 'लोकतन्त्र र संविधानमाथि नै प्रहार गर्ने कुत्सित मनसायबाट उत्प्रेरित यी अध्यादेश सरकारले अबिलम्ब फिर्ता लियोस् अन्यथा यसविरुद्धको प्रतिरोध आन्दोलनको परिणाम भोग्न तयार रहोस्।'

नेताहरूले सरकारको असंवैधानिक कदमविरुद्धको प्रतिरोध आन्दोलनलाई सशक्त केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, 'पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाई सरकारको यो रवैयाका विरुद्धको प्रतिरोध आन्दोलनलाई सशक्त र परिणाममुखी वनाउन पार्टीभित्र बृहत् छलफल आवश्यक भएकाले अबिलम्ब कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बोलाउन हामी सभापतिज्यूसमक्ष माग गर्दछौं।’ 

लकडाउनको समयमै प्रविधिको प्रयोग गरी बैठक बस्न सम्भव रहेको उनीहरुको दाबी छ।

 

प्रकाशित: Apr 22, 2020| 12:25 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।