काठमाडौं- कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ संकलन भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मंगलबार मात्र एक करोड ३५ लाख तीन हजार ४२० रुपैयाँ कोषमा जम्मा भएको छ।
एभरेस्ट बैंकले ६० लाख, राष्ट्रिय योजना आयोगबाट चार लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीका तर्फबाट तीन लाख ९२ हजार ९१३ संकलन भएको छ।
कोषमा भेरी प्राविधिक शिक्षालयले दुई लाख ९४ हजार ८५५, न्याय हेल्प नेपालले दुई लाख ७१ हजार २०, नाम नामेसी नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ४५ लाख ५८ हजार ५९ संकलन भएको छ।
सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका सहयोग पुर्याउन कोष स्थापना गरेको हो। कोषमा संकलित रकम रोकथाम र नियन्त्रणका लागि खर्च गरिनेछ। -रासस