बिहीबार, भदौ ४, २०८३

नेकपामा आन्तरिक एकता सुदृढ तुल्याउँछौं : ओली

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता थप सुदृढ तुल्याइने प्रतिबद्धता जनाएका छन्।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

काठमाडाैं - प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता थप सुदृढ तुल्याइने प्रतिबद्धता जनाएका छन्।
नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै उनले आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रिया निष्कर्षमा पुर्‍याउन आजको दिनले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

अप्रिल २२ (२०६६ वैशाख १० गते) नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। यस्तै आज रुसका कम्युनिस्ट नेता भ्लादिमिर इल्यिच लेनिनको जन्मदिन हो।

वक्तव्यमा ओलीले बितेका वर्षमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आएको तथा अनेकन् आरोहअवरोह र हन्डर–ठक्करको सामना गर्दै संघर्षको नेतृत्व गरिरहेको स्मरण गरेका छन्।

“सात दशकको अवधिमा लेनिनले स्थापना गरेको सोभियत संघ विघटन भयो तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा, स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो ”, प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भनेका छन्, “पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउँदै एकता, पुनःर्गठन र सुदृढ एकताको महान अभियान अघि बढाइयो।”

कम्युनिस्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाइभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको उल्लेख गर्दै उनले पार्टी स्थापनाको यस अवसरमा संस्थापक सदस्यका साथै अग्रणी विचारकप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रकाशित: Apr 22, 2020| 09:44 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।