बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनमा रातोमाटो लिन गएका तीन बालक ढिस्कोले पुरिएर घाइते

लकडाउनमा रातोमाटो लिन गएका तीन बालक ढिस्कोले पुरिएर घाइते

बाजुराको बडिमालिका नगरपालिका–३ रजालीको घोगाली गाउँका तीन बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

बाजुरा– जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीको घोगाली गाउँका तीन बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् ।

घाइते हुने सोही वडाका ईश्वरी खड्का र उनका १४ वर्षीय छोरा रवीन्द्र खड्का र ११ वर्षीय लोकेन्द्र खड्का रहेका छन् भने सोही गाउँका कर्ण खड्काका नौ वर्षीय छोरा देवेन्द्र खड्कासमेत घाइते भएका छन् ।

घाइते तीन बालकलाई अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेकामा लोकेन्द्रको अवस्था गम्भीर रहेको वडा अध्यक्ष वीरबहादुर रावलले जानकारी दिए ।

मङ्गलबार दिउँसो घर नजिकै रातोमाटो खन्ने क्रममा ढिस्को खसेको थियो ।

गम्भीर घाइते बालकलाई जिल्ला अस्पतालमा उपचार हुन नसकी बयालपाटा अस्पतालमा सिफारिस गरिएको छ ।

माटोमा पुरिएको भन्ने खबरपछि स्थानीयवासीले माटोबाट निकालेर जिल्ला अस्पताल बाजुरामा ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।– रासस

प्रकाशित: Apr 22, 2020| 09:17 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।