काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गरेर घरबाहिर निस्किएका ८१ जना प्रहरी कारबाहीमा परेका छन्।
बुधबार एकाबिहानै घरबाहिर निस्किएकाहरुलाई काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा होल्ड गरिएको हो। बिहान ७ बजेसम्ममा काठमाडौंमा ५६ र ललितपुरमा २५ जना गरी ८१ जनालाई होल्ड गरिएको प्रहरीेले जनाएको छ ।
यस्तै ६८ वटा मोटरसाइकलसहित ७० वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यावश्यक कामबाहेकका लागि गाडी चलाएको पाइए प्रहरीले बेलुकीमात्रै छाड्ने गरेको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाइ गरेको छ । चेकिङलाई तिब्रता दिने र अत्यावश्यक कामबाहेक घरबाहिर निस्किेलाई पक्राउ गर्ने नीति प्रहरीले अख्तियार गरेको छ ।
सरकारले वैशाख १५ गतेसम्म लकडाउनको घोषणा गरेको छ । लकडाउन चैत ११ गते सुरु भएको हो ।