बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा अलपत्र परेका यात्रु बोकेको बस रामेछाममा पल्टियो

काठमाडौंमा अलपत्र परेका यात्रु बोकेको बस रामेछाममा पल्टियो

लकडाउनका कारण घर जान नपाएर काठमाडौंमा अलपत्र परेकाहरुलाई बोकेर दाेलखा हिडेको बस रामेछापमा पल्टिएको छ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

रामेछाप- लकडाउनका कारण घर जान नपाएर काठमाडौंमा अलपत्र परेकाहरुलाई बोकेर दाेलखा हिडेको बस रामेछापमा पल्टिएको छ।

काठमाडौंबाट दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–६ कुनौरीमा दुर्घटना भएको हो । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको तामाकोसी अस्पताल रामेछापले जनाएको छ । गम्भीर घाइते दुई जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको तामाकोसी अस्पतालका डा. केशब धामीले जानकारी दिए ।

दोलखाको जफे जादै गरेको बस रामेछापको कुनौरीको मोडमा घुमाउने क्रममा सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

३९ जना यात्रु बोकेर आएको सो बस कुनै पनि यातायात कम्पनीमा दर्ता नरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रकाशित: Apr 22, 2020| 07:57 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।