कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर बढ्दो क्रममा छ। बुधबार बिहानसम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार नाघेको छ।
त्यसैगरी संक्रमितको संख्या पनि २५ लाख ६१ हजार नाघेको छ।
संक्रमण र मृत्यु दुवैमा सबैभन्दा बढी अमेरिका छ। त्यहाँ संक्रमितको संख्या ८ लाख नाघेको छ भने मृतक ४५ हजार पुगेका छन्।
भारतमा १९ हजारलाई संक्रमण हुँदा ६०३ जनाको मृत्यु भएको छ।
अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले यसै साता कोरोना भाइरस विरुद्धको भ्याक्सिन पहिलोपटक मानिसमा परीक्षण गर्दैछन्।
उता, कोरोनाले आक्रान्त भएको इटालीले केही त्राण पाउँदैछ। त्यहाँ नयाँ संक्रमणको दर घटिरहेको छ। लकडाउन केही खुकुलो बनाइएको छ।
बीबीसी