बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणको आशंकामा केन्द्रीय कारागारका दुई नर्स अस्पताल भर्ना

कोरोना संक्रमणको आशंकामा केन्द्रीय कारागारका दुई नर्स अस्पताल भर्ना

काठमाडौंको सुनधारास्थित केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सलाई कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

काठमाडौंको सुनधारास्थित केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सलाई कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ।

र्‍यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकोमा दुई नर्सलाई कोरोना देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले जानकारी दिए ।

दुई चोटी परीक्षण गर्दा पनि पोजेटिभ नै नतिजा आएको थियो । राजभण्डारीका अनुसार कोरोना पोजिटिभ देखिएसँगै उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । उनीहरुको अवस्था सामान्य रहेको निर्देशक राजभण्डारीले बताए ।

दुबै जनाको स्वाव थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

प्रकाशित: Apr 22, 2020| 06:45 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।