बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रेस स्वतन्त्रतामा खतरा बढ्दो, कोरोनाको आडमा सत्ताले असफलता लुकाउनेछ : रिपोर्टर्स विदाउट बोर्डर्स

प्रेस स्वतन्त्रतामा खतरा बढ्दो, कोरोनाको आडमा सत्ताले असफलता लुकाउनेछ : रिपोर्टर्स विदाउट बोर्डर्स

सूचनाको अधिकार र पत्रकारहरुको स्वतन्त्रता रक्षाका लागि काम गर्ने गैर सरकारी संगठन ‘रिपोर्टर्स विदआउट बोर्डर्स’ ले विश्वभर प्रेस स्वतन्त्रतामा खतरा पैदा भएको बताएको छ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

काठमाडौं- सूचनाको अधिकार र पत्रकारहरुको स्वतन्त्रता रक्षाका लागि काम गर्ने गैर सरकारी संगठन ‘रिपोर्टर्स विदआउट बोर्डर्स’ ले विश्वभर प्रेस स्वतन्त्रतामा खतरा पैदा भएको बताएको छ।

वैश्विक मिडिया स्वतन्त्रताको आफ्नो वार्षिक मूल्यांकनमा समूहले कोरोना भाइरसका कारण आएको स्वास्थ्य संकटलाई बहाना बनाएर सरकारहरुले प्रेस स्वतन्त्रतालाई सीमित गर्न सक्ने बताएको हो।

रिपोर्टर्स विदआउट बोर्डर्सले भनेको छ,‘अहिले राजनीतिक गतिविधि भइरहेका छैनन, जनप्रदर्शनको प्रश्न नै उठ्दैन त्यसैले सरकारहरु सामान्य समयमा चाल्न नसक्ने कदम चाल्न यो अवस्थाको फाइदा उठाउन सक्छन्।’

समूहले जारी गरेको प्रेस स्वतन्त्रताको सूचकांकमा सबैभन्दा तल दक्षिण कोरिया छ। सूचीमा समावेश गरिएका १८० देशमध्ये नर्वे शिर्षस्थानमा छ। नेपाल ११२ औं स्थानमा छ।

दोस्रोमा फिनल्याण्ड, तेस्रोमा डेनमार्क, चौथोमा स्वीडेन र पाँचौमा निदरल्याण्ड्स छन्।

यो सूचीमा भारत १४२ औं, पाकिस्तान १४५ औं, बांग्लादेश १५१ औं, श्रीलंका १२७ औं स्थानमा छन् भने चीन १७७ औं स्थानमा छ। अमेरिका यो सूचीमा ४५ औं स्थानमा छ।

सानो क्यारेबियन देश जमैका प्रेस स्वतन्त्रताको छैटौं स्थानमा छ।

प्रकाशित: Apr 22, 2020| 06:48 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।