काठमाडौं– नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएको छ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले मंगलबार १९ जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो।
बढुवा सिफारीस हुने एसपीमा क्रमशः वीरेन्द्र बस्याल, नवराज भट्ट, जनक भटराई, कुवेर कठायत, भरत बोहरा, दुर्गा सिंह, किरण राणा, विष्णुकुमार केसी, केदार ढकाल, रवीन्द्र केसी, राजेश बाँस्तोला, सुदिप गिरी, कृष्णकुमार महत र लालमणि आचार्य छन्। यिनीहरु सबै अघिल्लो ब्याचका हुन्।
त्यसैगरी पछिल्लो ब्याचबाट एसपी हृदय थापा, अशोक सिंह, यज्ञविनोद पोखरेल, राजकुमार वैदवार, मुकेश सिंह र चन्द्र खापुङ छन्।
नेपाल प्रहरीमा एसएसपी बढुवाको लागि गृहसचिवको अध्यक्षतामा समिति गठन गर्नुपर्ने नियम छ। समितिमा प्रहरी महानिरीक्षक सदस्य र प्रशासन हेर्ने एआईजी सदस्य सचिव हुन्छन्।
रिक्त १९ पदमा बढुवाको लागि ४० एसपी प्रतिस्पर्धामा थिए।
अहिले एसएसपीमा बढुवा भएका पछिल्लो ब्याचका एसपीहरूभन्दा खापुङ २ वर्षपछि एसपीमा बढुवा भएका थिए।
उनीहरु २०७१ मा भएका हुन् भने खापुङ २०७३ मा एसपीमा बढुवा भएका थिए। खापुङलाई बढुवा गर्न आइजीपी सहमत नभएकै कारण बढुवा ढिलाइ भएको थियो।
प्रधानमन्त्री कार्यालयको दबाबमा खापुङलाई बढुवा गरिएको बताइन्छ। खापुङ वरियतामा ३३ नम्बरमा थिए।