बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चले माग्यो आपूर्ति व्यवस्थापनबारे लिखित जबाफ

सर्वोच्चले माग्यो आपूर्ति व्यवस्थापनबारे लिखित जबाफ

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउनको अवस्थामा अतिआवश्यक वस्तुको आपूर्तिको व्यवस्थापनका विषयमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

काठमाडौं- कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउनको अवस्थामा अतिआवश्यक वस्तुको आपूर्तिको व्यवस्थापनका विषयमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मंगलबार औषधि, पानी, खाद्यान्न सामग्रीको आपूर्ति व्यवस्थापनका विषयमा लिखित जवाफ माग गरेको हो।

अधिवक्ता शैलेन्द्रप्रसाद हरिचनलगायतले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा लकडाउनका बेलामा अतिआवश्यक सामग्री र जनताप्रति मानवीय व्यवहार गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए।

अदालतले यसअघिका अन्य आदेशका विषयमा यही वैशाख ११ गते महान्यायाधिवक्ता नै अदालतमा उपस्थित हुने भएकाले उक्त दिन छलफलका लागि दुवै पक्षलाई बोलाउने तय भएको छ। -रासस

प्रकाशित: Apr 21, 2020| 21:58 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।