बिहीबार, भदौ ४, २०८३

धनगढीका अर्का युवक पनि कोरोनामुक्त भएर फर्किए

कैलालीको धनगढीका अर्का युवक पनि कोरोनामुक्त भएर घर फर्किएका छन्।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

काठमाडौं- कैलालीको धनगढीका अर्का युवक पनि कोरोनामुक्त भएर घर फर्किएका छन्।

धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय युवक कोरोना संक्रमण भएको झण्डै एक महिनापछि निको भएर सेती प्रादेशिक अस्पतालबाट फर्किएका हुन्।

उनलाई पछिल्लो पटक लगातार दुईपटक पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका एक अधिकारीले जनाएका छन्।

उनी मंगलबार दिउँसो कोरोनामुक्त भएर घर फर्किएसँगै नेपालमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या ५ पुगेको छ।

दुबईबाट नेपाल आएका ती युवकमा गत चैत १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनी नेपालको चौथो कोरोना संक्रमित हुन्।

यसअघि कैलालीको लम्कीका २१ वर्षीय अर्का युवक पनि कोरोनामुक्त भएर घर फर्किएका छन्। उनी भारतबाट आएका थिए।

प्रकाशित: Apr 21, 2020| 18:55 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।