मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकै ठूलो रंगशाला बनाउँदै चीन, एसिया कपमा उद्घाटन गर्ने तयारी

विश्वकै ठूलो रंगशाला बनाउँदै चीन, एसिया कपमा उद्घाटन गर्ने तयारी

चीनले अब विश्वकै सबैभन्दा ठूलो रंगशाला निर्माण गर्ने बताएको छ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

कोरोना भाइरस रोग (कोभिड–१९)ले आक्रान्त चीन अहिले तंग्रिन थालेको छ। वुहान, जहाँबाट कोरोना सुरु भएको थियो, त्यो क्षेत्र पनि विस्तारै खुल्न थालेको छ।

यसबीच आफ्नो क्षमता प्रदर्शन गर्दै चीनले अब विश्वकै सबैभन्दा ठूलो रंगशाला निर्माण गर्ने बताएको छ।

चीनले यसको निर्माणको लागि १.७ बिलियन डलर खर्च हुने आँकलन गरेको छ। त्यो रंगशाला बनेपछि विश्वकै ठूलो रंगशाला हुने छ। जसको दर्शक क्षमता एक लाख हुने बताइएको छ। अहिले बार्सिलोनाको क्याम्प नाउ विश्वकै सबैभन्दा ठूलो दर्शक बस्न सक्ने रंगशाला हो।

ग्वान्जाउमा तयार भइरहेको स्टेडियम सन् २०२२ सम्ममा तयार हुने छ। ग्वान्जाउमा यही बिहीबारबाट मात्र यसको निर्माण सुरु गरिएको थियो। यो फुटबल ग्राउन्ड स्थानीय क्लब ग्वांग्झु एवरग्रान्डको घरेलु मैदान हुने छ। ग्वांग्झु एवरग्रान्ड चीन र एसियाको सबैभन्दा सफल टिम मानिन्छ।

उसले आठ पटक चिनियाँ सुपर लिग र दुई पटक एसियन च्याम्पियन लिग जितिसकेको छ। यो वर्ष पनि उसलाई नै चिनियाँ सुपर लिगको उपाधि दाबेदार मानिएको थियो। तर, फेबु्रअरीमा सुरु हुनुपर्ने लिग कोरोना भाइरस संक्रमणको जोखिमले सुरु हुन सकेको छैन।

अहिले ग्वांग्झुको घरेलु मैदान तयान्हे स्टेडियम रहेको छ। जसको दर्शक क्षमता रशरथ रंगशालाभन्दा चार गुणा बढी छ, अर्थात् ६० हजार।

यसको निर्माणमा जुटेको रियल स्टेट कम्पनी एवरग्रान्डका अध्यक्ष सिया हुजेनले दुबईको बुर्ज खलिफ र अस्ट्रेलियाको ओपेरा हाउससँग तुलना हुने गरी स्मारक र रंगशाला बनाउन लागेको बताएका छन्।

उनका अनुसार यो मैदानले विश्वमा चिनियाँ फुटबलको नयाँ पहिचान दिनेछ। त्यस्तै, सन् २०२३ को एसियन कपको उद्घाटन यहीँबाट हुने विश्वास रहेको उनले बताएका छन्।

यसरी फुटबल मैदानमा नयाँ आयाम ल्याउन चीनले यसको डिजाइन पनि नयाँ तरिकाले गरेको छ। यो रंगशाला कमलको फुल आकृतिको हुनेछ। ग्वान्जाउलाई चीनको ‘फ्लावर सिटी’ भनेर चिनिन्छ। त्यसैले यसको आकृतिमा फूल समावेश गरिएको हो।
जसलाई सांघाईका अमेरिकी हसन सइदले तयार गरेका हुन्। यसको निर्माण क्षेत्रफल करिब तीन लाख स्क्वायर मिटर हुनेछ।

त्यसमा १६ भीभीआईपी रुम, १५२ प्राइभेट रुम फिफा सदस्यका लागि अलग्गै क्षेत्र र छुट्टै मिडिया रुम हुनेछ।

यसका अलावा रियल स्टेट ग्रुप एवरग्रान्डले चीनमा यस्तै अरु तीन रंगशाला बनाउने योजना बनाएको छ। उसले ८० हजारबाट एक लाख क्षमतासम्मको रंगशाला निर्माण गर्ने छ। जसको मद्दतमा चीनले फुटबल विश्वकपको समेत दाबी गर्न सक्ने बताइएको छ। यहि वर्ष पनि चीनमा फुटबलका ठूला प्रतियोगिता आयोजना गरिएका थिए, जुन कोरोना भाइरसका कारण स्थगित भएका छन्।

विश्वका अन्य ठूला रंगशाला

धेरै दर्शक अटाउने हिसाबले उत्तर कोरियाको रुंगराडो रंगशाला विश्वकै सबैभन्दा ठूलो रंगशाला हो। यो सन् १९८९ मा तयार भएको थियो। यसलाई उत्तर कोरियाको शक्ति र आकारको प्रतीक मान्ने गरिन्छ।

५१ एकडमा फैलिएको यो रंगशालामा एक लाख ५० हजार मानिस अटाउन सक्छन्। तर, यो रंगशालामा फुटबल मात्र नभएर अन्य खेलका कार्यक्रम पनि आयोजना हुने गर्छन्। तर, ग्वान्जाउमा बन्न लागेको रंगशाला भने फुटबलका लागि मात्र प्रयोग हुनेछ।

त्यस्तै, फुटबलमा स्पेनिस रंगशाला क्याम्प नाउ विश्वको ठूलो रंगशाला हो, जुन ९९ हजार तीन सय ५४ दर्शक क्षमताको छ। ९४ हजार सात सय ३६ क्षमताको एफएनबी रंगशाला दक्षिण अफ्रिकामा छ। बाहिरबाट ज्यादै ठूलो नदेखिने यो रंगशालाभित्र भने शानदार छ।

सन् २०१० को फिफा विश्वकपमा यही रंगशाला मुख्य थियो।

त्यस्तै इंग्ल्यान्डको वेम्बले रंगशालाको दर्शक क्षमता ९० हजार रहेको छ, जहाँ फुटबल मुख्यरूपमा खेलिए पनि अन्य खेलसमेत खेलाइन्छ।

यो पनि पढ्नुहोस्

अहमदाबादमा बन्यो विश्वकै ठूलो क्रिकेट रंगशाला, यस्ता छन् विशेषता

प्रकाशित: Apr 21, 2020| 18:14 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।