बिहीबार, भदौ ४, २०८३

इटहरीबाट ११ भारतीय र २ चिनियाँको उद्धार

लकडाउनका कारण इटहरीमा अलपत्र परेका ११ भारतीय र २ चिनियाँ नागरिकको इटहरी प्रहरीले उद्धार गरेको छ
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

इटहरी- लकडाउनका कारण इटहरीमा अलपत्र परेका ११ भारतीय र २ चिनियाँ नागरिकको इटहरी प्रहरीले उद्धार गरेको छ।

ती भारतीय इटहरी २० स्थित तरहराको जडीबुटी प्रशधन केन्द्र नजिक सडक विभागको गिटी बालुवा भण्डार क्षेत्रमा अलपत्र थिए। उनीहरु भोजपुरमा सल्लोको खोट टिप्न भनेर जान तयार रहेका बेला लकडाउन भएको थियो।

यस्तै २ चिनियाँ नागरिक भने चिनियाँ मोबाइल कम्पनी ओप्पोमा काम गर्ने कर्मचारी भएको पाइएको छ। एक जना२ महिनादेखि र अर्का ५ महिनादेखि इटहरीमै बसेको पाइएको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीका प्रेस संयोजक लीलाराज भट्टराईले जानकारी दिए।

उद्धार गरिएका सबैमा कोरोना भाइरसको शीघ्र परीक्षण गर्दा कुनै लक्षण नभेटिएको इटहरी अस्पतालका आपतकालीन विभाग प्रमुख रामकुमार धमलाले जानकारी दिए।

सबै विदेशीहरुलाइ इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसममा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ। गत चैत ११ गते बनाइएको क्वारेन्टाइन १०० जना क्षमताको छ। त्यहाँ ७ पाकिस्तानी र ३६ भारतीय बस्दै आएका छन्।

प्रकाशित: Apr 21, 2020| 18:02 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।