उदयपुरको भुल्केका ८ जनाको कोरोना परीक्षणका क्रममा शंकास्पद रिपोर्ट आएको छ। विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।
द्रूत परीक्षण (आरडीटी) मा एन्टीबडी देखिएपछि उनीहरुको स्वाब संकलन गरी कोशी अस्पतालमा पीसीआर गरिएको थियो। नतिजा पोजेटिभ देखिएपछि उनीहरुको स्वाब पुनः परीक्षणका लागि धरान पठाइएको अस्पतालले जनाएको छ।
वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका–६ भुल्केमा रहेको एक मस्जिदमा बसेका १२ जनाको परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । भोलिपल्ट सोही समूहमा बसेका थप एक जनामा पनि भाइरस पोजेटिभ देखिएको थियो ।
त्यसपछि भुल्केको मस्जिद वरपरको क्षत्रे सिल गरी सम्भावित व्यक्तिहरुको परिक्षण गरिएको थियो । त्यसै क्रममा आज आठ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।