बिहीबार, भदौ ४, २०८३

कुहिएको दाल बेचेकाे आरोपमा कलैयाका मेयर पक्राउ

राहत वितरण गर्न कुहिएको दाल बेचेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन्।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

जनकपुर- राहत वितरण गर्न कुहिएको दाल बेचेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित पाँच वडाध्यक्ष पक्राउ परेका छन्। यस्तै वडा सचिव, काेल्डस्टाेरका सञ्चालक र मिल मालिकलाई पनि प्रहरीले पक्राउ गरेकाे छ।

राहतमा बाँड्न चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर राय यादवसहितलाई पक्राउ गरिएको बाराका डीएसपी गाैतम मिश्रले जानकारी  दिए।

साेही आरोपमा पक्राउ पर्नेमा कलैया–१ का वडाध्यक्ष हरिओम प्रसाद साेनार, वडा नं ७ का अध्यक्ष सहितुल्ला अन्सारी, वडा नम्बर ११ का अध्‍यक्ष सरूनारायण चौधरी, वडा नम्बर १३ का अध्‍यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्‍यक्ष महेश साह  छन्।

प्रहरीले कलैया–२० का वडासचिव खेदु मियाँ अन्सारी, कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र बच्चुदास तथा मिल मालिक काठमाडाैं कीर्तिपुरका तेजकरण शर्मा जैनलाई पनि पक्राउ गरेकाे छ।

कुहिएको दाल बिक्री गरेको पाइएपछि प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाममा शनिबार सिलबन्दी गरेको थियो।

प्रकाशित: Apr 21, 2020| 14:15 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।