बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आरडीटी पोजिटिभ देखिएका वडाध्यक्षको स्वाब रिपोर्ट निगेटिभ

आरडीटी पोजिटिभ देखिएका वडाध्यक्षको स्वाब रिपोर्ट निगेटिभ

आरडीटी पोजिटिभ देखिएको धनुषाका एकजना वडाध्यक्षको स्वाब रिपोर्ट निगेटिभ आएको छ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

जनकपुरधाम-  धनुषाको जनकनन्दनी गाउँपालिकाका वडाध्यक्षको स्वाब रिपोर्ट निगेटिभ देखिएको हो।

सोमबार आरडीटी परीक्षणमा पोजिटिभ नतिजा आएपछि स्वाब परीक्षणका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो। प्रादेशिक अस्पताल जनकपुरमा स्वाब परीक्षण गर्दा निगेटिभ नतिजा आएको खजुरी हेल्थ पोस्टका इन्चार्ज अयोधीप्रसाद साहले जानकारी दिए।

उनी चैत २२ मा बिहार राज्यको मधुबनीबाट फर्केका थिए। स्थानीयको दबाबपछि प्रहरीले उनलाई २४ गते खजुरीस्थित क्वारेन्टाइनमा राखेको थियो।

प्रकाशित: Apr 21, 2020| 13:26 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।