बिहीबार, भदौ ४, २०८३

संविधानविपरीत ल्याएको अध्यादेश फिर्ता गर : राप्रपा

दुई अध्यादेश अनुपयुक्त, अनावश्यक र संविधानको भावनाविपरीत रहेको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेकाे छ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

काठमाडाैं - राष्ट्रिय प्रजातन्त्र पार्टीले ’राजनीतिक दलसम्बन्धी’ र ’संवैधानिक परिषद्सम्बन्धी’ दुई अध्यादेश अनुपयुक्त, अनावश्यक र संविधानको भावनाविपरीत रहेको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेकाे छ।

सत्तारुढ नेकपाभित्रको आन्तरिक शक्ति संघर्षको परिणामस्वरुप देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको भन्दै राप्रपाले चिन्ता प्रकट गरेको छ।

राप्रपाका तीनै अध्यक्ष पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राजनीतिक दलसन्बन्धी अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने सम्भावना देखिन्छ।'

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले प्रजातन्त्रको मूलभूत मान्यताका रुपमा रहेको शक्ति पृथकीकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिएको राप्रपाले औंल्याएको छ।

विज्ञप्तिमा भनिएको छ, 'सम्भावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्यमाथि आइपर्न सक्ने गम्भीर संकटलाई दृष्टिगत गर्दै दुवै अध्यादेश फिर्ता लिन राप्रपा सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गर्दछ।'

राप्रपाले कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौतीलाई देशले सामना गरिरहेको अवस्थामा अस्थिरता र अराजकता बढाउने गतिविधि नगर्नसमेत सरकारलाई आग्रह गरेको छ।

प्रकाशित: Apr 21, 2020| 13:17 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।