बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साझा पार्टीले भन्यो, 'प्रधानमन्त्रीमा अधिनायकवादको स्पष्ट आकांक्षा'

साझा पार्टीले भन्यो, 'प्रधानमन्त्रीमा अधिनायकवादको स्पष्ट आकांक्षा'

साझा पार्टीले प्रधानमन्त्री केपी ओलीमा अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा देखिएको आरोप लगाएको छ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

काठमाडौं- साझा पार्टीले प्रधानमन्त्री केपी ओलीमा अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा देखिएको आरोप लगाएको छ।

सरकारले सोमबार जारी गरेका दुई अध्यादेशलाई अनिष्टकारी कदम भन्दै साझाले तुरुन्त फिर्ता लिन माग गरेको छ। साझा पार्टीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'दुई-तिहाई जनमत पाएर शासन गरिरहेको सरकारले गत दुई वर्षभन्दा बढी समयमा जनतालाई काण्डैकाण्डको ठेली दिएर आम विश्वास गुमाएपछि, आफूलाई सत्तामा कायम राख्न प्रधानमन्त्रीमा स्पष्टत: निरंकुश, व्यक्तिवादी सोच हावि भएको देखिन्छ।'

प्रधानमन्त्रीले देश कोरोनाभाइरस संक्रमणका कारण कठिन र अनिश्चयको परिस्थितिबाट गुज्रिरहेको बेला थोरैमात्र मानवीय विवेक र राजकीय जिम्मेवारीको वोध गर्न नसकेको पनि साझाको आरोप छ।

साझाले भनेको छ, 'संसदमा बलियो जनमत हुँदाहुँदै संसदबाट नभइ पार्टी फूट र जुटको घृणित राजनीति तथा संवैधानिक निकायमाथिको पूर्ण नियन्त्रणबाट शासन चलाउन खोज्नु नेपालको दशकौँको लोकतान्त्रिक संघर्षकै उपहास हो। लोकतान्त्रिक पद्दतिको आत्मा मानिने शक्ति पृथकिकरणको मान्यतामाथिको नाङ्गो आक्रमण हो।'

सरकारले ल्याएको उक्त अध्यादेशले नेपालको लोकतन्त्रलाई नै संकटतर्फ उन्मुख गर्न सक्ने  भन्दै साझाले  सरकारलाई आफ्नो असक्षमता र अकर्मण्यता छोप्न स्थापित संस्था तथा लोकतन्त्रका मूल्यमान्यतामाथि प्रहार गर्ने पुरानै नेपाली राजनीतिको शैलीको पुनरावृत्ति गरेको बताएको छ।

यो परिस्थितिलाई बदल्नका लागि सबै राजनीतिकर्मी तथा आम नेपालीहरू एक जुट हुन पनि साझा पार्टीले अपील गरेको छ।

 

प्रकाशित: Apr 21, 2020| 12:31 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।