बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यादेश लोकतन्त्रविरोधी, फिर्ता नभए आन्दोलन : तरुण दल

अध्यादेश लोकतन्त्रविरोधी, फिर्ता नभए आन्दोलन : तरुण दल

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले सरकारले सोमबार ल्याएका दुई अध्यादेश फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

काठमाडौं-  नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले सरकारले सोमबार ल्याएका दुई अध्यादेश फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ।

मंगलबार तरुण दल अध्यक्ष जीतजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै हिजो राष्ट्रपतिबाट स्वीकृत दुई अध्यादेश संविधानको मर्म विपरित हुनुका साथै देशमा अस्थिरता निम्त्याई लोकतन्त्रलाई कमजोर पार्ने बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘देश, जनता र लोकतन्त्रविरोधी विधेयक फिर्ता नलिए तरुण दल लोकतन्त्र र नेपाली जनताका पक्षमा आन्दोलनको जस्तोसुकै आँधिबेहरी ल्याउन समेत पछि नपर्ने चेतावनी दिन चाहान्छ। आन्दोलनले निम्त्याएको सम्पूर्ण क्षतिको जिम्मेवार वर्तमान सरकार नै हुनेछ।’

राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी दुुई अध्याधेशमा गरिएको व्यवस्था आपत्तिजनक र गैह्रजिम्मेवार कदम भएको भन्दै तरुण दलले यी अध्यादेश संविधानको मर्म विपरित मात्र नभई यसले गलत राजनीतिक अभ्यासलाई बढावा दिई लोकतन्त्रलाई नै धरापमा पार्ने समेत तरुण दलकोे ठहर छ ।

‘प्रतिपक्षी दल बिना नै काम गर्न खोज्ने सरकारी रणनीतिले कम्युनिष्टले जितेमा मुलुक अधिनायकत्वतिर लम्किन्छ भन्ने कांग्रेसको निर्वाचन अगाडिको आँकलन सहि हुँदै गएको देखिएको छ,’विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Apr 21, 2020| 12:00 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।