चर्चित कार्टुन टम एण्ड जेरीका निर्देशक जिन डिचको निधन भएको छ। द मिररका अनुसार ९५ वर्षको उमेरमा प्रागस्थित आफ्नै घरमा उनी मृत भेटिएका हुन्।
उनको मृत्यु गत बिहीबार नै भए पनि परिवारले यो खबर हिजो (सोमबार) मात्र सार्वजनिक गरेको बताइएको छ। उनले टम एण्ड जेरीका १३ वटा शृंखला निर्देशन गरेका थिए।
उनले ओस्कार अवार्ड पनि जितेका छन्, बेस्ट एनिमेटेड सर्ट फिल्म विधामा।
जिनका श्रीमती र तीन छोरा छन् र, सबै कार्टुनिस्ट हुन्।