बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोबाइलमा ब्यालेन्स सकियो ? निःशुल्क सेवा दिँदैछ टेलिकमले

मोबाइलमा ब्यालेन्स सकियो ? निःशुल्क सेवा दिँदैछ टेलिकमले

नेपाल टेलिकमले मोबाइलमा पैसा सकिएका ग्राहकलाई निःशुल्क सेवा उपलब्ध गराउने भएको छ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

नेपाल टेलिकमले मोबाइलमा पैसा सकिएका ग्राहकलाई निःशुल्क सेवा उपलब्ध गराउने भएको छ।

लकडाउनका कारण रिचार्ज कार्ड किन्न नपाएर वा टपअप गर्न नपाएर समस्यामा परेका ग्राहकलाई टेलिकमले सित्तैमा सेवा दिन लागेको हो।

ब्यालेन्स शून्य भएका र पटकपटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले एसएमएस पठाउनेछ र आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा दिनेछ।

यस्ता ग्राहकको विवरण संकलन भैरहेको टेलिकमले जनाएको छ। लकडाउन अवधिभर कसैले पनि पैसा नभएर सञ्चार सेवाबाट वञ्चित हुन नपर्ने टेलिकमको भनाइ छ।

टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ।

टेलिकमले लकडाउनलाई लक्षित गरी विभिन्न छुट तथा सुविधा दिइरहेको छ।

प्रकाशित: Apr 21, 2020| 08:38 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।