बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाबुआमासँगै दश वर्षीय नेपाली बालकमा पनि कोरोना संक्रमण

बाबुआमासँगै दश वर्षीय नेपाली बालकमा पनि कोरोना संक्रमण

भारतको बैंग्लोरमा दश वर्षीय नेपाली बालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाबुआमामा देखिएको कोरोना भाइरस उनलाई पनि सरेको हो ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

नयाँदिल्ली- भारतको बैंग्लोरमा दश वर्षीय नेपाली बालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाबुआमामा देखिएको कोरोना भाइरस उनलाई पनि सरेको हो ।

एक महिनाअघि बालकका ४५ वर्षीय बुवा र ३५ वर्षीया आमामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

बालककी आम एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । उनी काम गर्ने परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बैंग्लोर आएको र उनमा कोरोनाको संक्रमण देखिएको थियो ।

उनीबाटै बालककी आमा र बाबुमा कोरोना संक्रमण फैलिएको हो । उनीहरुलाई बैंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण र उपचार गरिएको छ ।

बाबु आमामा संक्रमण देखिएपछि १० वर्षीय बालकमा पनि कोरोना सरेको स्वास्थ्य अधिकारीहरुे बताएका छन् ।

हाल बालकको बैंग्लोरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ । र अवस्था सामान्य रहेको बालकका बाबुले बताएका छन् । बझाङंको चैनपुर निवासी उनीहरु कामको सिलसिलामा भारतमा बस्दै आएका थिए ।

बैंग्लोरको पछिल्लो घटनासँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने नेपालीहरुको संख्या १६ पुगेको छ ।

प्रकाशित: Apr 21, 2020| 08:09 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।