बिहीबार, भदौ ४, २०८३

कोरोना भाइरस : के हुँदैछ विश्वभर ?

विश्वभरमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार पुगेको छ। बीबीसीका अनुसार यस भाइरसबाट संक्रमित हुनेको संख्या २४ लाख नाघेको छ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

- विश्वभरमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार पुगेको छ। बीबीसीका अनुसार यस भाइरसबाट संक्रमित हुनेको संख्या २४ लाख नाघेको छ।

- कोरोना भाइरसबाट निकै प्रताडित युरोपेली मुलुक इटालीमा पहिलोपटक नयाँ संक्रमणमा कमी आएको छ। इटाली, युरोप, जर्मनी, फ्रान्स र बेलायतमा पनि संक्रमण अलि कम भएपछि लकडाउन केही खुकुलो बनाइएको छ।

- उता, अमेरिकामा मृतकको संख्या ४१ हजार नाघेको छ भने ७ लाख ७६ हजार संक्रमित छन्। मृतकको संख्या ६० हजार ननाघ्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

- अमेरिकामै कच्चा तेलको मूल्य शून्यबाट पनि घटेर माइनसमा गएको छ। इतिहासमा पहिलोपटक यस्तो हुँदैछ– तेल उत्पादकहरु आफैंले पैसा दिएर व्यापारीलाई तेल लिन आग्रह गर्दैछन्।

- लकडाउन खोल्नुपर्ने माग गर्दै अमेरिकाका केही राज्यमा प्रदर्शनहरु भएका छन्। सडकमा उत्रेका प्रदर्शनकारीले कि स्वतन्त्रता देऊ कि कोरोना लेखेका प्लाकार्ड बोकेका छन्। स्मरण रहोस्, कोरोना भाइरस संक्रमित सबैभन्दा बढी अमेरिकामा छन्। र, मृतक र संक्रमितको संख्या बढ्दो क्रममा छ।

- बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ५ सय पुगेको छ। संक्रमणको मामलामा भने स्थिरता आएको बताइएको छ।

- फ्रान्समा मृतकको संख्या २० हजार नाघेको छ। नर्सिङ होममा मृत्यु हुनेको संख्या पनि यसमा समावेश छ।

- उता, मध्यपूर्वमा कोरोनाको हटस्पट बन्दैछ टर्की। त्यहाँ इरानमा भन्दा बढी संक्रमित देखिएका छन् भने मृतकको संख्या २ हजार नाघेको छ।

- विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस ग्याब्रियसले अमेरिकासँग डब्लुएचओले कुनै कुरा नलुकाएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समयमै डब्लुएचओले कोरोना भाइरसको खतराबारे सचेत नगराएको आरोप लगाएका थिए।

- भारतमा गएको २४ घन्टायता करिब एक हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १८ हजार ५ सय नाघेको छ । त्यहाँ कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५९२ पुगेको छ ।

- नेपालमा भने अहिलेसम्म कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन। हालसम्म ३१ जनाका कोरोना संक्रमण देखिएको छ, जसमा ४ जना निको भएर घर फर्किसकेका छन् । २७ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Apr 21, 2020| 07:49 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।