बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट अमेरिकामा ६० हजारसम्मको मृत्यु हुन सक्छ : राष्ट्रपति ट्रम्प

कोरोनाबाट अमेरिकामा ६० हजारसम्मको मृत्यु हुन सक्छ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका कारण ६० हजारसम्मको मृत्यु हुने अनुमान गरेका छन्।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका कारण ६० हजारसम्मको मृत्यु हुने अनुमान गरेका छन्।

सोमबारको ह्वाइटहाउस प्रेस ब्रिफिङमा उनले ५० देखि ६० हजार अमेरिकीको मृत्यु हुने अनुमान गरेका हुन्।

उनको यो अनुमान यसअघि अमेरिकी सरकारले गरेको भन्दा निकै कम हो। यसअघि अमेरिकामा कोरोनाबाट १ लाखसम्मको मृत्यु हुने अनुमान गरिएको थियो।

अमेरिकी सरकारका स्वास्थ्य विज्ञ डा. एन्थोनी फाउचीले १ लाखभन्दा बढी अमेरिकीको मृत्यु कोरोनाबाट हुन सक्ने बताएका थिए।

सोमबार बेलुकासम्ममा अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ४१ हजार ५ सय ७५ पुगेको छ भने ७ लाख ७६ हजारभन्दा बढी संक्रमित छन्।

सीएनएन

प्रकाशित: Apr 21, 2020| 07:20 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।