बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशका अधिकांश स्थानमा चट्याङसहित वर्षा, यस्तो हुनेछ तीन दिनको मौसम

देशका अधिकांश स्थानमा चट्याङसहित वर्षा, यस्तो हुनेछ तीन दिनको मौसम

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षा भएको छ ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षा भएको छ।

सोमबार रातिदेखि नै भएको वर्षा मंगलबार बिहान ९/१० बजेसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मध्याह्नपछि केही समय मौसम सफा रहे पनि अपराह्नपछि चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु वासीले नेपाल समयलाई जानकारी दिइन्।

उनका अनुसार भोलि (बुधबार) पनि आजकै जस्तो मौसम रहनेछ। आजको तुलनामा भोलि पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम रहे पनि वर्षा र हावाहुरीको सम्भावना भने कायमै छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मौसम देखिएको बदलाव र वर्षा विशेष गरी प्रदेश न. २, वागमती, गण्डकी, ५ नम्बर प्रदेश र कर्णाली प्रदेशमा देखिएको छ।

विकसित मौसम प्रणालीका कारण मेघ गर्जन/चट्याङसहित वर्षा गराउने हावाहुरीसहित वर्षा भइरहेको छ । उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएको र हावाहुरी, मेघगर्जन/चट्याङ, असिनाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्ताे हुनेछ तीन दिनकाे माैसम

वैशाख ९ गते (मंगलबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ / असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही थेरै स्थानमा मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

वैशाख १० गते (बुधबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। अपराह्नपछि पहाडी भूभागका केही स्थानमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

वैशाख ११ गते (बिहीबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य र पूर्वी भूभागका थेरै केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य र पूर्वी भूभागका थेरै केही स्थानमा मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

 

प्रकाशित: Apr 21, 2020| 07:10 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।