बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टेलिकमका प्रिपेड मोबाइल ग्राहकलाई जिरो ब्यालेन्स प्याकेज

टेलिकमका प्रिपेड मोबाइल ग्राहकलाई जिरो ब्यालेन्स प्याकेज

नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई लकडाउनको अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने हेतुले जिरो ब्यालेन्स प्याकेजको योजना ल्याएको छ ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई लकडाउनको अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने हेतुले जिरो ब्यालेन्स प्याकेजको योजना ल्याएको छ ।

लकडाउन शुरु भएको मितिबाट ७ दिनसम्म अर्थात् २०७६ चैत्र ११ देखि १८ गतेसम्म कम्तिमा १ कल गरेका र २०७७ वैशाख ८ गते मध्यरातमा ३३ पैसाभन्दा कम व्यालेन्स भएका मोबाइल नम्बरहरूमा उक्त प्याकेजसम्बन्धी सूचना एसएमएसबाट पठाइनेछ ।

सो एसएमएस प्राप्त भएको दुई दिनभित्र सम्बन्धित मोबाइल प्रयोगकर्ताले उक्त एसएमएसमा उल्लेख गरिए अनुसार एसएमएसबाटै जवाफ फर्काउनु पर्नेछ । सम्बन्धित प्रयोगकर्ताले यसरी जवाफ फर्काएपछि कम्पनीले सो प्याकेज लागू गरी सोको जानकारी ग्राहकलाई पुनः एसएमएसबाट पठाउनेछ ।

मापदण्ड अनुसार प्याकेज प्राप्त गर्न सक्ने प्रयोगकर्तालाई ७ दिन म्याद रहेको प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ । सो प्याकेज अन्तर्गत सेवाग्राहीले १०० एमबी डाटा चलाउने, ५० मिनेट भ्वाइस कल गर्ने (नेपाल टेलिकमको नेटवर्क भित्र) र २५ वटा एसएमएस पठाउने सुविधा (नेपाल टेलिकमको नेटवर्क भित्र) निःशुल्क प्राप्त गर्नेछन् ।

कम्पनीले निर्धारण गरेको मापदण्ड बाहेकका नम्बरहरूमा सो प्याकेज उपलब्ध गराइने छैन । साथै, परिस्थिति र आवश्यकता अनुसार आगामी दिनहरूमा पनि कम्पनीले यस्ता योजनाहरु लागू गर्न सक्नेछ र सोको लागि मापदण्ड तयार गरी छनौट हुने नम्बरका ग्राहकलाई एसएमएस मार्फत नै जानकारी गराइनेछ ।

यसैगरी कम्पनीले लकडाउन शुरु भएको मितिदेखि शुन्य व्यालेन्स भएका तर आगमन कल निषेध नभएका (अर्थात् २४ मार्च २०२० पछि शून्य व्यालेन्स भई रिचार्ज नभएका) प्रिपेड ग्राहकहरूले समेत प्याकेज प्रयोग गर्न तथा आगमन कल उठाउन सक्ने बनाउनको लागि आवश्यक न्यूनतम व्यालेन्स थप्नुका साथै उक्त नम्बरहरूको म्याद समेत ३० अप्रिल २०२० सम्म बढाउने निर्णय गरेको छ ।

प्रकाशित: Apr 20, 2020| 21:31 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।