बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यादेश अनुचित र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कदम : भीम रावल

अध्यादेश अनुचित र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कदम : भीम रावल

रावलले अध्यादेश खारेजीको माग पनि गरेका छन्।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले दुवै अध्यादेश अनुचित भएको बताएका छन्।

सरकारले ल्याएको अध्यदेशको विरोध गर्दै रावलले पार्टी विभाजनलाई सहज तुल्याउने तथा संवैधानिक परिषदमा नियन्त्रण र खण्डित गर्नेगरी ल्याएका अध्यादेशले मुलुकमा राजनीतिक अस्थिरता देखापर्ने बताएका हुन्।

कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकताबद्ध गरी अगाडि बढ्नुपर्ने बेलामा अध्यादेश ल्याउनु गलत भएको रावलको भनाइ छ।

रावलले भने, “यो अध्यादेशले मुलुकमा बाह्य चलखेल बढाउने स्थान दिएको छ।”

रावलले अध्यादेश खारेजीको माग पनि गरेका छन्।

 

प्रकाशित: Apr 20, 2020| 21:23 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।