बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यो जनतालाई जोगाउने बेला हो, सत्ताको खेल खेल्ने बेला होइन : देउवा

यो जनतालाई जोगाउने बेला हो, सत्ताको खेल खेल्ने बेला होइन : देउवा

उनले भनेका छन्, “यो समयमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको इतिहासकै सबैभन्दा दुःखद घटना र बेमौसमी बाँसुरी हो।”
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको दुई अध्यादेश आपत्तिजनक कदम र गैह्रजिम्मेवार प्रवृत्ति भएको बताएका छन्।

प्रेस विज्ञप्ति जारी गर्दै देउवाले यो कोभिड–१९ र भोकमारीबाट जनतालाई जोगाउने समय भएको बताएका छन्।

उनले भनेका छन्, “यो समयमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको इतिहासकै सबैभन्दा दुःखद घटना र बेमौसमी बाँसुरी हो।”

देउवाले विज्ञप्तिमार्फत् दुवै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति रहेको पनि जनाएका छन्।

अलोकन्तान्त्रिक संविधानको मर्म विपरितका विधेयक तत्काल फिर्ता लिन पनि देउवाले माग गरेका छन्।

 

प्रकाशित: Apr 20, 2020| 21:00 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।