नेपाल टेलिकमले बन्दाबन्दी (लकडाउन) लाई लक्षित गरेर आफ्ना उपभोक्ताका लागि विभिन्न छुटको घोषणा गरेको छ।
यसबाट नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका २ लाखभन्दा बढी उपभोक्ता लाभान्वित हुनेछन्।
यो सुविधा आज (सोमबार) राति १२ बजेबाट लागू हुनेछ।
अर्थमन्त्री डा. युवराज खतिवडाको पहलमा टेलिकमले यो सुविधा दिएको बताइएको छ। यसअघि पनि टेलिकमले सरकारले निर्देशन दिएको भन्दा पनि बढी सुविधा दिएको थियो।
ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि टेलिकमले निम्नअनुसार प्याकेज उपलब्ध गराएको छ।
क. २५ वटा अननेट एसएमएस
ख. ५० मिनेट अननेट भ्वाइस
ग. १०० एमबी डाटा
घ. प्याकेजको अवधि ७ दिनको हुने
२. सो प्याकेज आगामी २ दिनसम्म उपलब्ध गराइने
३. सो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने
४. सो एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने
५. सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने
६. सो प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने