बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संयम र सद्भावका साथ परिस्थितिको सामना गर्न देउवाको अपील

संयम र सद्भावका साथ परिस्थितिको सामना गर्न देउवाको अपील

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संयम र सद्भाव साथ परिस्थितिको सामना गर्न सबैमा अपील गरेका छन्।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संयम र सद्भाव साथ परिस्थितिको सामना गर्न सबैमा अपील गरेका छन्।

कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा देउवाले सचेत गराएका छन्।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपील गर्दछु।’

सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ देउवाले स्मरण गरेका छन्।

कोरोनाको जोखिम सामना गर्न परीक्षणको दायरा समुदाय स्तरमा तीब्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै देउवाले पर्याप्त स्वास्थ्य सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्नेमा जोड दिए।

प्रकाशित: Apr 20, 2020| 14:17 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।