बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा रहेका नेपालीलाई दूतावासकाे अनुराेध : समस्या परे खबर गर्नुस्

भारतमा रहेका नेपालीलाई दूतावासकाे अनुराेध : समस्या परे खबर गर्नुस्

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आपत परेमा तत्काल दूतावासमा सम्पर्क राख्न अनुरोध गरेको छ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं – नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आपत परेमा तत्काल दूतावासमा सम्पर्क राख्न अनुरोध गरेको छ।

काेराेना भाइरस संक्रमणकाे जाेखिमले भारतमा लकडाउन भएका कारण धेरै नेपाली अलपत्र परेकाे समाचार आइरहेपछि दूतावासले यस्ताे अनुराेध गरेकाे हाे। समस्यामा परेका नेपालीकाे उद्धार र सहयाेगका लागि सम्पर्कमा आउन भनिएकाे दूतावासले जनाएकाे छ।

दूतावासले भारतमा रहेका नेपाली नागरिकलाई समस्या परे +९१८९२९६०१९२५ तथा हरेक दिन (बिदाको दिनमा समेत) बिहान ९ बजेदेखि ५ बजेसम्म चालु रहने नम्बर +९१ ११२३४७६२०० र २३३२७३६१ मा सम्पर्क राख्न अनुरोध गरेको छ।

दूतावासले यसअघि भारत सरकारले लागू गरेको लकडाउन अवधिभर आ-आफ्नो स्थानमा सुरक्षितसाथ बसिदिन भारतमा रहेका नेपालीलाई आग्रह गरेको थियो।

प्रकाशित: Apr 20, 2020| 13:44 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।