बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई आँखा र कान परीक्षण गर्न गगन थापाको सुझाव

प्रधानमन्त्रीलाई आँखा र कान परीक्षण गर्न गगन थापाको सुझाव

पूर्वस्वास्थ्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न सुझाव दिएका छन्।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं- पूर्वस्वास्थ्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न सुझाव दिएका छन्।

पत्रकार, नागरिक र प्रहरीबारे प्रधानमन्त्री ओलीले शनिबार सरकारी मिडियामा विवादास्पद अभिव्यक्ति दिएपछि थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो सुझाव दिएका हुन्।

थापाले भनेका छन्, ‘हप्तौं हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकालाई प्रायोजित, तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनका पक्षमा उठेका आवाज ‘कर्कस ध्वनि’ ठान्ने हो भने @PM_Nepal ज्यू आँखा र कान परीक्षण गराउन उपयुक्त होला !’

प्रकाशित: Apr 20, 2020| 13:35 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।