बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छोरीको हत्या आरोपमा बाबु र बाबुको हत्या आरोपमा छोरा पक्राउ

छोरीको हत्या आरोपमा बाबु र बाबुको हत्या आरोपमा छोरा पक्राउ

पर्सामा ७ वर्षीया छोरीको हत्या गरेको आरोपमा बाबु र धनुषामा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं- पर्सामा ७ वर्षीया छोरीको हत्या गरेको आरोपमा बाबु र धनुषामा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
छोरीको घाँटी च्यापेर हत्या गरेको आरोपमा वीरगन्ज महानगरपालिका–१ छप्कैयाका २९ वर्षीय सञ्जयकुमार साह सर्राफलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सर्राफले ७ वर्षीया छोरी अंशुलाई चैत ११ गते दिउँसो घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

उनले छोरी झन्डिरहेको अवस्थामा फेला परेको भन्दै तत्काल उपचारका लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको बताएका थिए। अनुसन्धान गर्दा सर्राफले घाँटी च्यापेर छोरीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।

यस्तै फलामको रड प्रहार गरी ५५ वर्षीय बुबा साैकिया सदाको हत्या गरेको आरोपमा धनुषा प्रहरीले सहिदनगर नगरपालिका–९ डुमरियाका ३० वर्षीय नथनी सदालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार घरायसी विवादमा नथुनीले बुबाको टाउकोमा फलामको रडले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो।

 

प्रकाशित: Apr 20, 2020| 13:09 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।