बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इटहरी : क्वारेन्टाइनमा रहेका तीन देशका ५८ जनामै कोरोना देखिएन

इटहरी : क्वारेन्टाइनमा रहेका तीन देशका ५८ जनामै कोरोना देखिएन

जनता बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएका सबैमा कोरोना भाइरस परीक्षण गर्दा  रिपाेर्ट नेगेटिभ आएकाे छ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

इटहरी- जनता बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएका सबैमा कोरोना भाइरस परीक्षण गर्दा  रिपाेर्ट नेगेटिभ आएकाे छ। बन्दाबन्दीको पहिलो दिन चैत ११ गते निर्माण भएको १०० बेड क्षमताको क्वारेन्टाइनमा ५८ जना थिए।

वैशाख २ गतेबाट शीघ्र परीक्षण (आरडिटी) सुरु गरिएकोमा सबैमा कोरोना नदेखिएको उपमहानगरका स्वास्थ्य विभाग प्रमुख रामचरण चौधरीले जानकारी दिए।

उपमेयर लक्ष्मी गौतमका अनुसार ५८ जनामा १५ नेपाली ३६ भारतीय र ७ पाकिस्तानी पनि छन्। क्वारेन्टाइनमा दुई जना एएनएम, एक जना सीएमए र एक जना एचए जनशक्ति खटिएको इटहरी अस्पतालको इमरजेन्सी विभाग प्रमुख रामकुमार धमलाले जानकारी दिए।

अस्पतालले प्रहरी र स्थानीय सरकारको सहयोगमा विभिन्न देशबाट आएका ११० जनाको शीघ्र परीक्षण सकिएको जनाएको छ। धमलाले भने, ‘आरडीटीमा कारोना नदेखिए पनि सीसीआरमा देखिन सक्छ। हामीले उहाँहरुलाई लक्षण देखिए तुरुन्त खबर गर्न भनेर होम क्वारेन्टाइनमै बस्न आग्रह गरेका छौं।’

प्रकाशित: Apr 20, 2020| 12:49 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।